गुल्मीमा खोलाले मालबाहक ट्रक बगायो
शुक्रबार, ३० साउन २०७७, १४ : ३६
बुटवल । गुल्मीमा पहिरोसहित आएको बाढीले रोकिराखेको मालवाहक ट्रक बगाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार बुटवलदेखि बागलुङको बहटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्बर ६ मा डहरे ठाडो खोलामा आएको बाढीले ट्रक बगाएको छ ।
ठूलो बाढी आएपछि ट्रक रोकेर चालकहरु साईट लागेका थिए । उक्त ट्रक बाढीले करिब २० मिटर तल बगाएको प्रहरीले जनाएको छ । बगाएको ट्रकको क्षतिको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण