ग्लोबल आइएमई बैंकले गर्यो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोनाभाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।
बैंकले यस बिषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागी खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको हो ।
बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गराएको छ । बीमामा उल्लिखित सम्झौताअनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ ।
यो कोरोना बीमावाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ ।
ग्लोबल आइएमई बैंकले सुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षित रुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।
ग्लोबल आइएमई बैंकले कोरोनाको यस महामारीबाट आफ्ना कर्मचारीवर्ग, ग्राहकवर्ग र अन्य सर्वसाधारणलाई जोखिमुक्त रहन सुझाव दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण