वैदेशिक रोजगार विभागको काम स्थगन
काठमाडौँ – वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको हो ।
विभागले संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरूमध्ये इजाजतपत्र नवीकरणको निवेदन र प्रगति विवरण बुझ्ने तर नवीकरण भइसकेका इजाजतपत्र अर्को सूचना जारी भएपछि मात्र प्रदान गर्ने निर्णय गरेको छ ।
राहत, उद्धार र अनुसन्धान तथा मुद्दासँग सम्बन्धित उजुरी विभागको इमेलमार्फत मात्र लिने, उद्धार राहत सेवा लिन विभाग पुग्नैपर्ने भएमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने, विभागले प्रदान गर्ने सेवासम्बन्धी जानकारी लिन विभागको टेलिफोन प्रयोग गर्न पनि आग्रह गरेको छ ।
संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवामध्ये संस्था नवीकरणसम्बन्धी कार्य र वार्षिक प्रगति विवरण बुझ्ने कार्य मात्र गरिने विभागले जनाएको छ । नवीकरण भएको इजाजतपत्र भने अर्को सूचना जारी भएपछि मात्र वितरण गरिनेछ । यस्तै जुनसुकै सेवासम्बन्धी सोधपुछ तथा ताकेता इमेल तथा टेलिफोनमार्फत मात्र गर्न सकिने विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण