ट्रम्पका भाइ गम्भीर बिरामी
आइतबार, ३२ साउन २०७७, ०७ : २८
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प गम्भीर रुपमा बिरामी भएका छन् । ह्वाइट हाउसले ७२ वर्षीय रोबर्टलाई न्यूयोर्कको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ ।
उनको स्वास्थ्यबारे थप जानकारी नदिएता पनि अन्तरराष्ट्रिय मिडियाले उनको हालात गम्भीर भएको बताएका छन् ।
यसअघि शुक्रबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केलिग म्याकनेनीले एबीसी न्यूजसँग रोबर्टलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेकी थिइन्, पछि ट्रम्पले यसबारे जानकारी दिए ।
‘मसँग निकै उत्कृष्ट भाइ छन् । पहिलो दिन देखि नै हामीबीच निकै मधुर सम्बन्ध रह्यो,’ डोनल्ड ट्रम्पले पत्रकारलाई भने । ‘र अहिले उनी अस्पतालमा छन् । उनी चाँडै निको होलान् भन्ने आशा गरेको छु तर उनको अवस्था नाजुक छ ।’
रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेट बिजनेस सम्हाल्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण