इन्स्टाग्राममार्फत ‘सामान पठाउँछु’ भनेर ४८ लाख ठगी
काठमाडौं । सिन्धुली घर भएकी कविता (नाम परिवर्तन)सँग मार्के आरोन नामको विदेशीको सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत चिनजान भयो । लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर दावी गर्ने ती विदेशीले नेपाल आएर विवाह गर्ने प्रलोभन देखाए । कविता लोभमा परिन् । लकडाउनपछि नयाँ वर्षमा हिराको औंठी, सुनको सिक्री र २ लाख ३० हजार बेलायतको पैसा ‘पाउण्ड’ पठाएको छु भनेर पार्सलको फोटो पठाए ।
भन्सार छुटाउन र एक्सचेन्ज चार्जको नाममा कविताले सिन्धुलीबाट ४८ लाख ५४ हजार पठाईन् । पैसा गयो तर, सामान आएन् । बेलायतको डाक्टर हुँ भन्ने ती विदेशी नेपालमा बसेर उनलाई ठगिरहेका थिए । तर, लोभमा पर्दा ती युवतीले ४८ लाख गुमाएकी छिन् ।
महङ्गो उपहार र पाउण्ड स्ट्रलिङ पठाएको नाममा काठमाडौंमा बसेर ठगी धन्दा चलाउने गणतन्त्र डी एंगोलाका नागरिक सिल्भा एन्टोनियो डाकोस्टालाई महानगरीय अपराध महाशाखाले पक्रेको छ । शुक्रवार उनलाई ठमेलबाट पक्राउ गरिएको मशाहाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले जानकारी दिए । सामाजिक सञ्जालमा नाम र पेशा ढाँटेर उनले ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
सामाजिक सञ्जालबाट चिनजान गरेर अर्का पीडितलाई बहुमूल्य सामानको भन्सार छुटाउन मागेको २० लाख लिन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले लोभ देखाएर अर्की एक युवतीबाट पनि ३७ हजार लिएको खुलेको छ । सिल्भा एन्टोनियोले केमिकलको प्रयोग गरेर नक्कली नोट समेत बनाउने गरेको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण