कैलालीमा अवैध काठसहित २ जना पक्राउ
कैलाली । कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
गोदावरी नगरपालिका– ९ स्थित भित्री सडकबाट राँगा डल्लवमा तिन गोलीया सालको काठ लगी रहेको अवस्थामा राँगा, डल्लवसहित धनगढी उपमहानगरपालिका –११ बेलाका मुन्ना चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
सोही नगरपालिकाको वडा नं ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घर कोठामा लुकाइछिपाइ राखेको अवस्थामा सिसमका विभिन्न साइजको ८१ थान कडी, ९१ थान फ्रेम र सालका १६ थान कडी र २२ थान फ्रेम बरामद गरिएको बताइएको छ ।
बरामद गरिएका काठ, मोटरसाइकल, राँगा, डल्लवसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रु दुई लाख बढीका चोरीका सामान बरामद
प्रहरीले धनगढी उपमहानगरपालिका–८ बाट बेवारिसे अवस्थामा चार बोरा सुपर पावर सुर्ती अन्दाजी रु ३५ हजार मूल्य बराबरको समान बरामद गरेको छ । धनगढीकै वडा नं ७ बाट से १ ह २२८७ नम्बरको विद्युतीय रिक्सामा चार बोरा बिडी, एक बोरा सुपर पावर सूर्ती र दुई बोरा प्लाष्टिकको झोला गरी अन्दाजी रु एक लाख ४५ हजार मूल्य बराबरका समान बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
आवश्यक कानूनी कारवाहीका लागि विद्युतीय रिक्सासहित सरसामान त्रिनगर भन्सार कार्यालयमा पठाइएको बताइएको छ । त्यस्तै टीकापुर नगरपालिका–७ खैरीघाटस्थित धानबारीमा चार क्विन्टल ५० किलोग्राम केराउ अन्दाजी मूल्य रु २२ हजार ५०० बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण