इण्डोनेसियाको ७५ औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो
काठमाडौं । इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन गरेका छन् ।
नेपाल र गणतन्त्र इण्डोनेसिया बीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेसियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देश बीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।
इण्डोनेसिया आसियन राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो । साथै नेपाल र इण्डोनेसिया बीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देश बीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण