इण्डोनेसियाको ७५ औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

काठमाडौं । इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन गरेका छन् ।
नेपाल र गणतन्त्र इण्डोनेसिया बीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेसियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देश बीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।
इण्डोनेसिया आसियन राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो । साथै नेपाल र इण्डोनेसिया बीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देश बीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
-
कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव
-
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
-
खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक