राष्ट्रकविको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा दुःख व्यक्त
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष एवम् साहित्यकार गीता खत्रीले आज शोक विज्ञप्ती जारी गरी कविवर घिमिरेको निधन भएको दुःखद समचारले अनेसास परिवार स्तब्ध भएको बताएका छन् ।
“नेपाली शास्त्रीय छन्दका कविता र गीति कविताका माध्यामबाट नेपाली साहित्यलाई दर्जनौँ कालजयी कृति दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउनुभएका राष्ट्रकविको परलोक गमनसितै नेपाली साहित्यको एक युगको अवसान भएको छ,”–विज्ञप्तीमा भनिएको छ ।
अनेसास बोर्ड अफ ट्रष्टिका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले नेपाली साहित्य क्षेत्रको विकासका लागि राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय रहेको बताए । नेपाली साहित्यको इतिहासलाई वजनदार बनाएर राष्ट्रकवि विदा भएको उनको भनाइ छ ।
अनेसासले एक शताब्दी लामो उतारचढावपूर्ण जीवन बिताएर १०१ वर्षको उमेरमा परलोक भएका राष्ट्रकविको चिरकाल बैकुण्ठमा बासको कामना समेत गरेको छ । राष्ट्रकविसितको वियोगको यस शोकाकुल घडीमा धर्मपत्नी, छोराछोरी, सकल परिवारजन तथा देश विदेशमा रहेका नेपाली भाषा साहित्यका साधक तथा शुभचिन्तकमा अनेसासले हार्दिक समवेदना प्रकट समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण