राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्तिम बिदाइ (फोटोफिचर)
काठमाडौँ । स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टि गरिएको छ । बुधबार पशुपति आर्यघाटमा स्वर्गीय घिमिरेको राष्टिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए । पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए ।

बुधबारै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । साथै उच्च पदस्थ सरकारी अधिकारी, शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु पनि घिमिरे निवास लैनचौर पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो ।

राष्ट्रकवि घिमिरेको निधनपछि नेपाली साहित्य क्षेत्रले एक धरोहर गुमाएको छ । नेपाली काव्यजगत्का शिखर पुरुष राष्ट्रकवि विगत सात महिनादेखि विभिन्न स्वास्थ्य समस्याका कारण थलिएका थिए ।
लम्जुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेका दर्जनौँ कृति चर्चित छन् ।






















तस्विरहरु ः कृष्ण खड्का/सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण