सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन

सोमबार, २९ असार २०८३, ०० : ०६
सोमबार, २९ असार २०८३

सारांश

  • राष्ट्रिय तथ्याङ्क कार्यालयले चौथो नेपाल श्रमशक्ति सर्वेक्षण गरिरहेको छ।
  • सर्वेक्षणले कुल श्रमशक्ति, रोजगारी र श्रमबजारको अवस्था पत्ता लगाउनेछ।
  • यस सर्वेक्षणले देशभरका १८ हजार घरपरिवारबाट तथ्याङ्क सङ्कलन गर्नेछ।

काठमाडौँ । मुलुकको श्रम तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा ‘चौथो नेपाल श्रमशक्ति सर्वेक्षण’ गरिरहेको छ । कार्यालयले कुल श्रमशक्ति, रोजगारीको अवस्था, श्रमको प्रकार, श्रमबजारको अवस्था पत्ता लगाउन उक्त सर्वेक्षण सुरु गरिएको जनाएको छ ।

मौसमी रोजगारीमा आउने उतारचढाव तथा त्यसले पार्ने प्रभावलाई अध्ययन गर्न गत फागुनदेखि तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले जानकारी दिए । आगामी फागुनसम्म नै सर्वेक्षण हुनेछ । श्रम गर्ने उमेर समूहका जनसङ्ख्यालाई यसमा समेटिनेछ ।

देशभर रोजगारी र बेरोजगारीको यथार्थ अवस्था पत्ता लगाउन, श्रमको प्रकृति, शिक्षा र सीपको स्तर मापन गर्ने र बालश्रम, बाध्यकारी श्रम एवं जोखिमयुक्त कामको अवस्थाबारे विस्तृत तथ्याङ्क सङ्कलन गरिनेछ ।

सातवटै प्रदेशका करिब १८ हजार घरपरिवारमा गणक पुगेर तथ्याङ्क सङ्कलन गर्ने कार्यक्रम तय भएको छ । नेपालमा पहिलोपटक २०५५/५६ सालमा, दोस्रोपटक २०६४/६५ र तेस्रोपटक २०७४/७५ सालमा यस्तो सर्वेक्षण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप