रौतहटमा ६ लाख रुपैयाँसहित २ महिला पक्राउ
बुधबार, ०३ भदौ २०७७, १६ : १३
रौतहट । रौतहटमा श्रोत नखुलेको लाखौं रुपैयासहित २ महिला पक्राउ परेका छन् । गौर नगरपालिका -३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका २ भारतीय महिला स्रोत नखुलेको ६ लाख ४० हजारसहित पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट असई मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले २ भारतीय महिलाको साथबाट स्रोत नखुलेको ६ लाख ४० हजार बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।

रकमसहित पक्राउ पर्नेमा भारतको विहार सितामढी बैरगनिया ग्राम पंचायत वडा नं. १ सिन्दुरीया वस्ने वर्ष ४५ की शान्तिदेवी र सोही ठाउँ वस्ने वर्ष ४५ की मिनादेवी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण