कोरोना सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेपछि...
आइतबार, ०७ भदौ २०७७, १२ : ४१
धनुषा । धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाई सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड १९ का धनुषा संयोजक डा.जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाइएको छ ।
उनले भने– “घटना सन्दर्भमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, सो बारेमा सत्यतथ्य छानबिन गरी थप विवरण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ ।” रिक्त भएको स्वास्थ्यकर्मी टोलीको ठाउँमा नयाँ टिम आजै पठाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठकअघि एमालेले बोलायो संसदीय दलको बैठक
-
रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र कांग्रेस बैठकमा वितरण
-
शनिबार वीरेन्द्रनगरमा हुँदैछ कर्णालीमा हाफ म्याराथन
-
अमेरिकी चेतावनीमा इजरायली प्रधानमन्त्री नेतन्याहुले के भने ?
-
इरानले कब्जामा लिएका पाँच भारतीय नागरिक रिहा
-
फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा