विप्रेषणमा कोरोनाको असर न्युन, असारमा सर्वाधिक बढी रेमिट्यान्स भित्रियो
गतवर्ष देशमा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । कोरोनाले धेरैको रोजगार गुम्ने र विप्रेषणमा धक्का लाग्ने विश्लेषण भइरहेकै बेला असार महिनामा नै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
असारमा बर्षकै सबैभन्दा बढी १ खर्ब १ अर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्ष रेमिट्यान्स झिनो अंकले मात्र घटेको छ । समग्रमा यस वर्ष आधा प्रतिशतले मात्र विप्रेषण घटेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह७.८ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०७६र७७मा वैदेशिक रोजगारीका लागि अन्तिमश्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृतिलिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण