शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विप्रेषणमा कोरोनाको असर न्युन, असारमा सर्वाधिक बढी रेमिट्यान्स भित्रियो

सोमबार, ०८ भदौ २०७७, २१ : ४६
सोमबार, ०८ भदौ २०७७

गतवर्ष देशमा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । कोरोनाले धेरैको रोजगार गुम्ने र विप्रेषणमा धक्का लाग्ने विश्लेषण भइरहेकै बेला असार महिनामा नै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

असारमा बर्षकै सबैभन्दा बढी  १ खर्ब १ अर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्ष रेमिट्यान्स झिनो अंकले मात्र  घटेको छ । समग्रमा यस वर्ष आधा प्रतिशतले मात्र विप्रेषण घटेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह७.८ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७६र७७मा वैदेशिक रोजगारीका लागि अन्तिमश्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । 

वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृतिलिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप