२ लाख ५५ हजारसहित ४ जुवाडे पक्राउ
बुधबार, १० भदौ २०७७, ०० : १०
कैलाली । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका ३ मा रहेको रतन केसीको निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली ले २ लाख ५५ हजारसहित ४ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दानबहादुर रोकायाले रातोपाटीलाई जानकारी दिए । पक्राउ परेका जुवाडेलाई जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण