अभिभावक गुमाएका बालबालिकालाई शिक्षाको व्यवस्था गर्ने सभामुखको प्रतिबद्धता
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट विस्थापित परिवारको दुःखमा ऐक्यवद्धता जनाउन आएको उल्लेख गर्दै पहिरोबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।
गत साउन ३० गते सिन्धुपाल्चोक जुगल गाँउपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भइ वडा नं. १ सेलाङको बाँसखर्कमा अस्थायी रुपमा बस्दै आएका पीडित परिवारसँग भेटघाट गर्न आज पुगेका सभामुख सापकोटाले विस्थापित १७२ घर परिवारको लागि स्थायी व्यवस्थाको लागि पहल गर्ने प्रतिवद्धतासमेत जनाए ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विस्थापित परिवारको लागि कुनै अभाव हुन नदिने दृढता व्यक्त गरे । पहिरो पीडित परिवारको लागि आवश्यक टेण्ट लगायत राहतको व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
सभामुख सापकोटाका साथ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत जानुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । पहिरोमा हराई रहेका ३९ मध्ये हालसम्म ३३ वटा शव फेला परेको छ । अन्य ६ जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण