मोरङमा सडक दुर्घटना, साईकल यात्रीको मृत्यु
बिहीबार, ११ भदौ २०७७, १७ : १०
मोरङ । मोरङमा आज सवारी दुर्घटनाका कारण साइकलमा सवार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ११ः०० बजे सुन्दरहरैचा नगरपालिका वडा नं. ६ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार २ जना नवराज बराईली र डम्बर श्रेष्ठ तथा मोटरसाइकल चालक जिल्ला बारा सिमरा –८ निवासी ४५ वर्षिय राजकुमार पुलामी सहित तीन जना घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारका लागि विराट नर्सिङ होममा लगिएकामा साइकलमा पछाडी सवार श्रेष्ठको निधन भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । दुर्घटनाका कारण साइकल चालक बराईलीको अवस्था गम्भीर छ भने मोटरसाइकल चालकको अवस्था सामान्य रहेको र साइकल एवं मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण