बैंकका पूर्व कर्मचारी लागु औषधसहित पक्राउ
बिहीबार, ११ भदौ २०७७, १९ : ४१
काठमाडौं । बैंकको जागिर छाडेर लागु औषध कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले पोखरा महानगरपालिका–११ बस्ने बिशाल धमाललाई पक्राउ गरेको हो ।
पोखरा–११ स्थित तुल्सिमार्ग बस्ने २७ वर्षीय बिशालले बैंकको जागिर छाडेर लागु औषध कारोबार शुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिए । बिशालको कोठाबाट प्रहरीले ३
केजी ४ सय ग्राम गाँजा, ३ सय ग्राम चरेश, ३ सय क्याप्सुल ट्रामाडोल चक्की र लागु औषध तौल गर्ने तराजु बरामद गरेको छ । उनलाई लागु औषध नियन्त्रण ऐन–०३३ विरुद्धको कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान शुरु गरिएको एसपी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण