दार्चुलामा हत्या आरोपमा २ जना पक्राउ
दार्चुला । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नं ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मालिकार्जुन–८ तस्कोटकै २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । यही भदौ ५ गते मदिरा सेवन गरी उनीहरुले लालबहादुरलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । पीडित परिवारले यही भदौ १० गते मदिरा सेवन गरि कुटपिट गरेको भन्दै प्रहरी चौकी शंकरपुरमा निवेदन दिएका थिए ।
घाइते भएका चन्दको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यही भदौ ११ गते धनगढी रेफर गरिएको थियो । चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शवको पोष्टमार्टम धनगढीमै गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण