आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने संक्रमितको संख्या बढ्यो : कुन प्रदेशमा कति ?
बुटवलको लुम्बिनीस्थित प्रादेशिक अस्पतालमा आईसीयू बेड खाली नभएपछि आइसोलेशनमै राखेर उपचार गर्दा आइतबार एक जना पुरूषको ज्यान गयो । बुटवल उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय पुरूष कोरोना संक्रमित थिए । उनको मुटुको शल्यक्रिया गरिएको थियो भने मधुमेहका बिरामी समेत थिए ।
शनिबारदेखि श्वासप्रश्वासमा समस्यासहित ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म संक्रमितको उपचार गर्नका लागि स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावन भएको बताउँदै आएको छ ।
पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आईसीयूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्न थालेको छ । उपत्यका लगायत देशका विभिन्न भागमा संक्रमितको संख्या दिनप्रदिन बढ्दा जोखिम झन बढेको छ । स्वास्थ्य मन्त्रालयले समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको दाबी गरिहँदा लक्षणसहितका संक्रमित दीर्घरोगी बढन थालेसँगै आईसीयू र भेन्टिलेटरको अभाव सृजनाहुन सक्ने जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् ।
हाल देशभर १ सय ६१ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
बागमती प्रदेशमा आइतबारसम्ममा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी छ । बागमती प्रदेशमा ७० जना आईसीयू र १२ जना भेन्टिलेटरमा रहेको तंथ्याङ्कमा उल्लेख गरिएको छ । उता प्रदेश १ मा १७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेश २ मा ३८ जना भने गण्डकी प्रदेशमा ३ जना रहेका छन् ।
यस्तै प्रदेश ५ मा १६ आईसीयू र २ जना भेन्टिलेटरमा रहेको तंथ्याङ्कमा उल्लेख गरिएको छ । सबै भन्दा धेरै आईसीयू र भेन्टिलेटरमा उपचाररत बाग्मती प्रदेशमा छन् थोरै गण्डकी प्रदेशमा संक्रमित रहेका छन् । हालसम्म १७ जना भेन्टिलेटरमा र १ सय ४४ जना संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
एक हप्तमाआईसीयू र भेन्टिलेटर उपचाररत बिरामीको संख्या टेबलमा उल्लेख गरिएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै भेन्टिलेटर र आईसीयूको वर्तमान समयमा पुग्ने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
केही भेन्टिलेटरहरू पाइपलाइनमा रहेको मन्त्रालयले बताउँदै आएको छ । समुदायस्तरमा ट्राभल हिस्ट्री नभएका दीर्घरोगीमा कोरोना संक्रमण देखिनुका साथै संक्रमितको संख्या बढ्दै जना थालेपछि सरकारले प्रत्येक पालिकामा अस्पतालमा बनाउने मन्त्रालयले जनाएको छ ।
केन्द्रीय, प्रदेशिक र पालिकामा गरि ६ हजार आइसोलेसन बेड थप्ने तयारी भइरहेको छ । यस्तै पालिकामा हुने ५ बेडको अस्पतालका लागि एक जना डाक्टर र एक जना नर्सको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण