केन्द्रीय कारागारका ३ कैदीबन्दीको मृत्यु, १ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, १६ भदौ २०७७, १२ : ४८
काठमाडौँ । केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
जेलर सापकोटाका अनुसार कञ्चनपुर घर भएका ४० वर्षीय ती पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको हो ।
अन्य दुई जनाको वीर अस्पतालमा उपचारको मृत्यु भएको हो । बझाङ घर भएका पुरुषको ५ भदौमा भएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।
त्यस्तै मंगलबार बिहान सिराहा घर भएका एक पुरुषको पनि मृत्यु भएको जेलर सापकोटाले बताए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।
जेलर सापकोटाका अनुसार हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कारागारको सुरक्षामा कार्यरत ५६ सुरक्षाकर्मीमा पनि संक्रमण भएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण