आपसी सद्भाव अभिवृद्धि गर्ने पर्व इन्द्रजात्राः मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले परम्परा एवं सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउने बताएका छन् ।
इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको इन्द्रजात्रा पर्वले कृषि प्रधान मुलुकको समृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले कोभिड–१९ महामारीकाबीच आवश्यक स्वास्थ्य सावधानी अपनाएर मुलुकका सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्ने जिम्मेवारी रहेको बताए ।
‘हाम्रो देशको धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरको पहिचान बोकेको पर्व इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।
शत्रु पराजय भएपछि विजय उत्सवका रुपमा मनाउने किंवदन्दीअनुसार विशेष गरी काठमाडौँ उपत्यका र उपत्यका बाहिरका केही स्थानमा धुमधामका साथ इन्द्रजात्रा पर्व मनाउने गरिन्छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने चलन छ ।
इन्द्रजात्रालाई नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन गत वर्ष पहिलोपटक विश्वका विभिन्न मुलुकका मेयरलाई निमन्त्रणा गरी यो पर्वको प्रत्यक्ष अवलोकनसमेत गराइएको थियो । यो पटक विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण अन्य क्षेत्रजस्तै यस्ता मौलिक सांस्कृतिक पर्व पनि प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण