सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कलालीले पक्रेको छ । कैलाली प्रहरीले कैलारी गाउँपालिका–५ घर भएका ४८ वर्षीय पुरणप्रसाद कुमाललाई पक्राउ गरेको हो । ०६१ कातिकमा कैलालीको कैलारी गाउँपालिका–५ बस्ने २३ वर्षीय रामबहादुर कुमालको हत्या भएको थियो । सो हत्यामा संलग्न पुरणलाई कैलाली जिल्ला अदालतले ०६५ मा सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको थियो ।
रामबहादुरलाई माटोको भाँडा बनाउने कोठामा सुतिरहेको बेला पुरणले धारिलो हतियारले हानेर हत्या गरेका थिए । जिल्ला अदालत कैलालीको आदेशले पुर्पक्षका लागी थुनामा रहेका बेला ०६१ माघमा तत्कालिन विद्रोही माओवादीले कारागारमा आक्रमण गरेको मौकामा पुरण भागेका थिए ।
पुनरावेदन अदालत दिपायल र सर्वोच्च अदालतले पनि पुरणलाई जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ । लामो समदेखि लुकेर बसेका उनलाई पक्राउ गरेर अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण