शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरमा ढुङ्गा खस्दा आमाको मृत्यु, छोरी घाइते

बुधबार, १७ भदौ २०७७, १० : ३५
बुधबार, १७ भदौ २०७७

पाल्पामा अविरल वर्षाका कारणले  घरमा ढुङ्गा खसेर लाग्दा आमाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गा.पा. ३ श्रीडाडा बस्ने गोबिन्द सोमईको घरमा अविरल वर्षाको कारणले घरदेखि माथि पहाडबाट ढुङ्गा खसी लाग्दा आमा र छोरी गम्भीर घाइते भएका थिए ।

माथागढी गाउपालिका–७  हवास बस्ने वर्ष २९ की समीक्षा चौहानको उपचारका क्रमामा गत राति बुटवलमा मृत्यु भएको छ । उनकी छोरी वर्ष ३ की करिश्मा चौहानको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप