बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजेशपायल राईले ममता राईको हातमा फूल राख्न खोजेपछि (भिडियो सहित)

मङ्गलबार, ०६ असार २०७४, २१ : २३
मङ्गलबार, ०६ असार २०७४

काठमाडौं– नेपाली साँगीतिक ग्यालरीमा नयाँ नयाँ प्रस्तुतिहरुको सृजना दिनानुदिन वृद्धि भइरहेको छ । यसै क्रममा फूलै राखी हातैमा विन्ति बिसाउँ कि भेट भो आज मौकैले साथै लैजाउ कि बोलको पुर्वेली लोक भाका सार्वजनिक भएको छ । सिडीएम म्युजिक क्रिएशनको प्रस्तुति गायिका ममता राईको एल्बम ‘ममता–२’मा समावेश यो गीतको भिडियो राजधानीमा सार्वजनिक गरिएको हो ।

एल्बम  ‘ममता–२’ सार्वजनिक कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो । एल्बमको गायिका मीरा राणा, संगीतकार तथा प्राज्ञ शान्तिराम राईलगायतले विमोचन गरे । उल्लेखित शब्दलाई गायिका ममता राई र भर्सटायल गायक राजेशपायल राईले मिठो पुर्वेली लोकभाका गाएका छन् । 

द हाइल्याण्ड आर्ट, तेह्रथुमे ढाका बुटिक र रुपा आङबुहाङले तयार गरेको पहिरन तथा गरगहनामा निशा निकै खुलेकी छन् भने मोडलका रुपमा प्रस्तुत गायक रुकमान तेह्रथुमे ढाका बुटिककी निरु आङबुङले तयार गरेको दाउरा–सुरुवाल र ढाका टोपीमा टिपिकल देखिएका छन् । यस भिडियोलाई नविनबाबु गुरुङले खिचेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् । 

एल्बममा ६ गीत समावेश छन् । शिरै फूल मेरो, कमलमुखी, फूलै राखी, तिमी मेरो, लेखमा फूल्ने र हाकु पटासी जस्ता बोलका गीत एल्बममा रहेको छ । जसमध्ये ‘फूलै राखी’ को भिडियो सार्वजनिक गरिएको हो । एल्बममा शिवसंगम राई, भूपाल राई, रुद्रकुमार राई, इन्द्र जिजिबिसा, खगेन्द्र यक्सो, धुव्रसत्य परियारलगायतको शब्द तथा संगीत रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप