मायादेवी मन्दिरमा सामूहिक पूजापाठ
रुपन्देही । गौतम बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा आज सामूहिक पूजापाठ गरिएको छ । कोभिड-१९ को महामारीका कारण लामो समयदेखि बन्द मन्दिरमा आज पूर्णिमाको दिन पारेर सामाजिक दूरी कायम गरी भिक्षुहरुले पूजापाठ गर्नुभएकोे लुम्बिनी विकास कोषले जनाएको छ ।
मायादेवीमा अब दैनिक बिहानसाँझ पूजापाठ हुने छ, “सरकारले सर्वसाधारणका लागि धार्मिकस्थल खुला गर्ने निर्णय नगर्दासम्म मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला गर्न सकिदैन तर सुरक्षा सर्तकता अपनाएर नियमित पूजापाठ शुरु गरिएको छ”, कोषका कामु सदस्यसचिव ज्ञानिन राईले जानकारी दिए ।
मायादेवी मन्दिरमा कोरोना महामारीको अन्त्य, मृतकको चिरशान्तिको कामना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभ र विश्वशान्तिको कामना गर्दै भिक्षुले सामूहिक पूजापाठ गरेका हुन् । लुम्बिनीका विभिन्न विहार तथा गुम्बाका भिक्षु, श्रामणेर, लामा, गुरुआमा तथा स्थानीयवासीको सहभागितामा सामाजिक दूरी कायम गरी पूजापाठ गरिएको कोषका आध्यात्मिक सल्लाहकार एवम अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले जानकारी दिए ।
विकास कोषको आयोजना तथा भिक्षु मैत्रीको निर्देशनमा सामूहिक पूजापाठको आयोजना गरिएको हो । सामूहिक पूजापाठमा थेरवादी विहारको संयोजन भिक्षु वजिर तथा लामा गुम्बाका तर्फबाट सिंगापुर गुम्बाका प्रमुख टाँसी लामाले संयोजन गर्नुभएको थियो । अबदेखि मायादेवीमा हुने दैनिक पूजापाठका लागि थेरवादी र महायानी गुम्बालाई जिम्मेवारी दिइएको छ ।
यसअघि कोभिड–१९ को प्रभावका कारण लामो समयसम्म बन्द मन्दिर खुला गर्न विभिन्न सङ्घसंस्थाले कोषको ध्यानाकर्षण गराएका थिए । मन्दिर यथाशीघ्र खुला गर्न माग गर्दै लुम्बिनीका करीब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिले कोषका उपाध्यक्ष भिक्षु मेत्तेयमार्फत कोषका अध्यक्ष एवं संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई ज्ञापनपत्र बुझाएका थिए ।
पर्यटन व्यवसायी हेमबहादुर विष्टले मायादेवी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यहाँ नियमित पूजापाठको कामलाई निरन्तरता दिनुपर्ने बताए । कोभिड– १९ को महामारीका कारण मायादेवी मन्दिर हुँदा नियमित पूजापाठको काम रोकिएको थियो । भिक्षुभिक्षुणी तथा स्थानीय बौद्ध उपासकउपासिकाले मन्दिरमा पूजा गर्न पाएका थिएनन् ।
कोरोना भाइरसको महामारीका कारण लुम्बिनीमा रहेका चिनियाँ, जर्मनेली, कोरियाली, जापानी, थाइ, श्रीलङ्कालीलगायत विहार बन्द छन् । यसैबीच लुम्बिनीको म्यान्मा विहारको उपोसथ सीमागृहमा भिक्षुहरुले उपोसथ विनयकर्म सम्पन्न गरेका छन् । हरेक पूर्णिमा र औंँशीमा उपोसथ विनयकर्म कर्म गरिन्छ । नौ थेरवादी भिक्षुको सहभागितामा उपोसथ विनयकर्म गरिएको भिक्षु वजिरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण