व्यापार संगठनले भन्यो–अब निषेधाज्ञा मान्दैनौँ
बुटवल । सरकारले गरेको लकडाउनको कारण व्यापार व्यवसायमा गम्भीर असर परेको भन्दै अब लकडाउन गर्न नहुने आवाज उठ्न थालेको छ । यस्तैमा उद्योग व्यापार संगठन रुपन्देहीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा नमान्ने घोषणा गरेको छ ।
यही भदौ १४ गते भएको बैठकमा प्रशासनले अनुरोध गरेकोले अन्तिम पटकका लागि असहमति हुँदाहुँदै पनि समर्थन गरेको संगठनले जानकारी गराएको छ ।
भदौ २१ गतेदेखि स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसंग सहमति गरिने र नमानेको खण्डमा व्यवसाय खोल्नको लागि सूचना समेत जारी गरिने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।
निरन्तर रुपमा लकडाउन र निषेधाज्ञा गर्न नहुने धारणा संगठनले सुरुदेखि नै राख्दै आएको भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उद्योगी व्यवसायीले तिर्नुपर्ने खर्चहरु रिडिङ मिटर जस्तै बढिरहने तर बन्दाबन्दीका कारण उत्पादन बिक्री गर्न नपाउँदा ठूलो आर्थिक् क्षति भएको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड–१९ को संक्रमणका कारण नेपालमा चैत ११ गतेदेखि नै बन्दाबन्दी हुँदै आएको छ । असार १ देखि साउन मसान्तसम्म केही खुकुलो पारिए पनि भदौ १ गते विभिन्न जिल्ला तथ स्थानीय तहमा लकडाउनको अवधि बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण