शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तुमा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते

बिहीबार, १८ भदौ २०७७, १२ : ०८
बिहीबार, १८ भदौ २०७७

कपिलवस्तुमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन् ।

वाणगंगा नगरपालिका १० गनहा पुलस्थित भित्री सडक खण्डमा लु १ ह २६४५ नं. को अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा रुपन्देहीको गैडहवा गाउँपालिका ४ पौवा बस्ने ४० वर्षीय दयाशंकर चमारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार चालक टम्केश्वर चमार, रुपन्देहीको गैडहवा ४का  ५० वर्षकी भानुमति रैदाश, इन्द्रवती हरिजन र लुम्विनी साँस्कृतिक नगरपालिका ११ बस्ने ३० वर्षीय विजय चमार घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप