गुल्मीको बदिगाढ खोला किनारमा महिला र बालकको शव फेला
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकास्थित बदिगाड खोला किनारमा २ वटा शव फेला परेका छन् । बोबाङ्गमा आएको बाढी पहिरोले बगाएर ल्याएका दुईवटा शव फेला परेका हुन् ।
मुसिकोट नगरपालिकाको झक्कले भन्ने स्थानमा अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी एक महिलाको शव फेला परेको हो भने त्योभन्दा ३ किलोमिटर आगाडि चन्द्रकोट गाउँपलिका–८ तीन सिमल भन्ने खोला किनारमा अन्दाजी २ वर्षको बालकको शव फेला परेको हो ।
खोलामा दाउरा तान्नेहरुले ती बालकको शवसँगै अन्दाजी १३–१४ वर्षकी बालिकाको शव पनि देखेको तर बालकको शव छोप्ने क्रममा बालिकाको शव बगाएको उनीहरुले बताएका छन् । दुबै स्थानका शव भएको स्थानमा अहिले मजुवा प्रहरी चौकीबाट प्रहरीहरु पुगेका छन् । शव भेटिएको स्थान बाढी पहिरो गएको घटनास्थलभन्दा ५० किलोमिटर तल पर्छ ।
उता, मुसिकोट नगरपाकोलिका–२ र ७ को बीच बगरमा पनि एउटी अन्दाजी ३० वर्षकी महिलाको शव फेला परेको खर्बाङ्ग प्रहरीले चौकिका असई गुरुप्रसाद न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण