रुपन्देहीको रोहिणीमा वडाअध्यक्ष अख्तियारको फन्दामा
बिहीबार, १८ भदौ २०७७, १७ : ३०
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं २ का वडाअध्यक्ष सरोजकुमार पाण्डेयलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। अख्यिातर दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले सेवाग्रागीसँग २० हजार रुपैयाँ घूस लिएको प्रमाणका अधारमा नियन्त्रणमा लिएको प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
वडाअध्यक्ष पाण्डेयले सेवाग्राहीलाई सहकारीबाट अनुदान रकम उपलब्ध गराउनका लागि सहजीकरण गरिदिएको भनेर २० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ। सेवाग्राहीसँग रकम माग गरेको र त्यसमध्ये २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको ख्तियार प्रवक्ता भुसालले रातोपाटीलाइ बताए ।
पाण्डेयलाई आज दिउँसो रोहिणीबाट नियन्त्रणमा लिइएको हो। प्राप्त प्रमाणका बारेमा उनीमाथि थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण