सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ५ हजार २४१ पुग्यो

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित निको हुनेको संख्या ५ हजार २४१ पुगेको छ ।
आइतबार प्रदेशका बिभिन्न अस्पतालबाट ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार २४१ पुगेको हो ।
डोटीबाट २३, कंचनपुरबाट ९, बझाङ्गबाट ७, सेती प्रादेशिक अस्पतालबाट ३ र टिकापुरबाट १ जना गरी ४३ जना निको भएर घर गएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ सय ८७ पुगेको छ ।
अछाम ८५ , बैतडी ५६, बझाङ्ग ११७, बाजुरा ८, डडेल्धुरा २२, दार्चुला ९, डोटी ६३, कैलाली ३७८, र कंचनपुर ४९ जना सकृय संक्रमित रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्रीले रातोपाटीलाई जानकारी दिए ।
त्यसैगरी, बितेको २४ घण्टामा सेती प्रादेशिक अस्पताल बाट ८, डडेल्धुरा, २ र जिल्ला अस्पताल डोट िप्रयोगशालाबाट गरिएको परिक्षणमा ११ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
कैलालीबाट ३, कंचनपुर बाट ५, डडेलधुराबाट २ र अछामबाट ११ जनामा कोरोना संक्रमण पुस्टी भएको उनले बताए ।बिभिन्न अस्पतालहरुमा ९६ कोरोना संक्रमितको उपचार भईरहेको छ ।
कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा ३१,टिकापुर ३०, महाकाली १९, अछाम १०, डोटी २, डडेल्धुरा ३ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।
१ हजार १९३ जना भने सामन्य उपचारपछि घरफर्कि सके भने शंकास्पद १४ जना आईसोलेसनमा छन् ।
प्रदेशका ९ वटै जिल्लामा १०० आइृसोलेसन सेन्टरमा ३ हजार ९१८ बेडहरु छन । सो बेडमा २ सय ५० पुरुष र १ सय ६४म्हिला र होम आईसोलेसनमा १ सय १९ जना रहेको स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिह काक्री को भनाई छ । यसअघि नै ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।
६७ हजार १४२ नमुना जाच मध्य ६ हजार ३९ मा संक्रमण पुस्टी भईसकेको छ भने ६१ हजार १०३ नमुना भने नेगेटिभ आएको छ । ९ सय ९४ नमुनाको रिजल्ट आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते