गण्डकीमा ७६ जना कोरोना सङ्क्रमित थप
सोमबार, २२ भदौ २०७७, १५ : ५२
कास्की । गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोजविन्दु शर्माले जानकारी दिए ।
थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१ , नवलपरासीपूर्वका १५ , गोरखाका १८ र तनहुँका तीन जना रहेको निर्देशनालयले जनाएको छ । पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र आठ पुरुष रहेका छन् । त्यस्तै मेडिसिटी अस्पतालमा उपचाररत दुई , पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुईदुई स्टाफ नर्स र सहयोगी रहेका छन् । सङ्क्रमित सबैलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण