सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई

सोमबार, ०१ असार २०८३, ०९ : ३९
सोमबार, ०१ असार २०८३

सारांश

  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी पुनर्गठन पक्षधरलाई लोभीपापीको संज्ञा दिएपछि सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् ।
  • भट्टराईले आफ्नो फेसबुक पेजमा कवितात्मक शैलीमा लोभपाप नभएको भन्दै ढुक्क रहन आग्रह गरेका छन् ।
  • उनले पार्टी पुनर्गठन हुने र नफुट्ने तथा सबै मिल्ने र थप एकताबद्ध हुने बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनगर्ठन पक्षधरलाई लोभीपापीको संज्ञा दिएपछि उपमहासचिव भट्टराईले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत दिएका हुन् । 

भट्टराईले सोमबार बिहान आफ्नो फेसबुक पेजमा कवितात्मक शैलीमा लोभपाप नभएको भन्दै ढुक्क रहन आग्रह गरेका छन् । साथै उनले पार्टी पुनर्गठन हुने र नफुट्ने पनि बताएका छन् । 
भट्टराईले यस्तो लेखेका छन्-
ढुक्क रहनुहोस् 
लोभ छैन 
पाप छैन 
पुनर्गठन हुनेछ 
फुटने छैन 
टुटने छैन 
सबै मिल्ने छन 
थप एकताबद्ध हुनेछन 
सबैको सम्मान हुनेछ 
मति सुध्रने छ 
गति बढ्ने छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप