विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
सोमबार, ०१ असार २०८३, ०९ : ४२
काठमाडौं । संसदीय समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सोमबार विज्ञहरूसँग छलफल गरेको हो। विज्ञहरूले अपराध अनुसन्धान तथा न्याय निरूपण प्रणालीलाई वस्तुगत प्रमाणमा आधारित बनाउन उक्त विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
उनीहरूका अनुसार वैज्ञानिक तथा वस्तुगत प्रमाणमा आधारित अपराध अनुसन्धान र फौजदारी न्याय प्रणालीको विकासमा सहयोग पुर्याउन, भौतिक सबुत प्रमाणहरूको वैज्ञानिक परीक्षण तथा विश्लेषण गरी गुणस्तरीय र प्रभावकारी विधि विज्ञान सेवा उपलब्ध गराउन प्रयोगशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
छलफलमा विज्ञहरूसहित विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पनि उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
-
खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
-
‘सम्झौताले पश्चिम एसियालाई ५० वर्षका लागि रूपान्तरण गर्न सक्छ’
-
होल्डिङ सेन्टरका सुकुमबासीको आर्तनाद : सरकारले खानाको व्यवस्था नगरेको भन्दै सुरु गरे आन्दोलन
-
राष्ट्रिय युवा संघले ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने
-
सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण