ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफ को खेलमा स्विडेनले ट्युनिसियालाई ५-१ गोलले पराजित गरेको छ ।
- स्विडेनका लागि यासिन अयारीले दुई गोल गरे भने अलेक्सान्डर इसाक, भिक्टर ग्योकेरेस र माटियास स्भानबर्गले एक-एक गोल थपे ।
- यस जितसँगै स्विडेन समूह एफ को शीर्ष स्थानमा पुगेको छ ।
गुडालुपे । फिफा विश्वकप २०२६ मा स्विडेनले ट्युनिसियाविरुद्ध सहज जित हात पारेको छ । समूह एफ अन्तरगत एस्टाडियो मोन्टेरेमा भएको खेलमा स्विडेनले ५-१ गोलले विजयी बनेको हो ।
खेलको सातौँ मिनेटमा नै यासिन अयारीले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा अलेक्सान्डर इसाकले भिक्टर ग्योकेरेसको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । तर, पहिलो हाफ सकिन लाग्दा ओमार रेकिकले ट्युनिसियाका लागि एक गोल फर्काएका थिए ।
दोस्रो हाफको ५९ औँ मिनेटमा ग्योकेरेस आफैले तेस्रो गोल थप्दै टोलीको अग्रता पुनः फराकिलो बनाए । खेलको अन्त्यतिर माटियास स्भानबर्गले चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । इन्जुरी समयमा युवा खेलाडी यासिन अयारीले व्यक्तिगत दोस्रो गोल थपे ।
योसँगै स्विडेन समूह एफको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि, यस समूहको अन्य खेलमा जापान र नेदरल्याण्ड्सले २-२ गोलको बराबरी खेलेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण