बैतडीमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ
बैतडी । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका- ३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भूपेन्द्र बोहरालाई भानसिंहले बाटोमा कुटपिट गरेका थिए । कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
हिजो सिगास गाउँपालिका-३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिडेका स्वास्थ्यकर्मी भूपेन्द्रमाथि कुटपिट भएको हो । भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक चलिरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए ।
कुटपिटबाट ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ । सिगास गाउँपालिका—५ मा आज स्वाब सङ्कलन गर्ने क्रममा हिंडेका स्वास्थ्यकर्मीमाथि बाटोमै कुटपिट भएपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको ढुङ्गाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण