‘बुलेट मोटरसाइकलको क्लू’, जसले पत्ता लाग्यो लप्सेफेदी जंगलका लुटेरा
काठमाडौं । सिन्धुपाल्चोकका ४५ वर्षीय ज्ञानेन्द्रप्रसाद खतिवडा शंखरापुर नगरपालिका–३ स्थित लप्सेफेदीको जंगलमा लुटिए । मंगलबार बिहान २ बजेतिर सिन्धुपाल्चोकबाट कुखुरा बोकेको गाडीसँगै मोटरसाइकलमा आएका खतिवडालाई ४–५ जनाको समूहले घेरा हाले ।
जंगल सुनसान थियो, बाटो छेकेर कुटे अनि, उनको साथमा रहेको २५ हजार लुटेर भागे । ज्ञानेन्द्र केही बोल्न सकेनन् । महानगरीय प्रहरी प्रभाग साँखुमा पुगेर उनले उजुरी गरे ।
महानगरीय प्रहरी प्रभाग साँखुले लुटपाट भएको १२ घण्टा नबित्दै आरोपीलाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नमध्ये ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग साँखुका इन्सपेक्टर गोविन्द पन्थीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–१ चौकिभञ्ज्याङ बस्ने २४ वर्षीय अनिल लामा, बागबारस बस्ने २३ वर्षीय पेम्वा लामा र जर्सिङपौवा बस्ने २३ वर्षीय वीरेन्द्र वाईवा छन् । ज्ञानेन्द्र आफ्नो फर्मको कुखुरा बिक्री गर्न गाडी पछिपछि मोटरसाईकलमा काठमाडौंतर्फ आउँदै थिए ।
बुलेटको क्लू
ज्ञानेन्द्रले लुटपाटमा संलग्न कसैलाई चिनेका थिएनन् । उनले यत्तिमात्रै सम्झन सके– ‘लुटेरा बुलेट मोटरसाइकल चढेर आएका थिए ।’ लप्सेफेदीको जंगलमा घाङ्ग्री रिसोर्ट चलाउने सञ्जय घलान बुलेट चढेर हिँड्थे । सो क्लूका आधारमा प्रहरीले घलानलाई खोज्यो ।
घलान फरार भएको कुरा सुईको पाएपछि प्रहरी उनको लिङ्कका मान्छे खोज्न थाल्यो । सो क्रममा ३ जना पक्राउ परे । त्यो एरियामा बुलेट मोटरसाइकल चढेका घलेसहित ३ जना मात्र थिए ।
प्रहरीले सोही सुराकको आधारमा लुटपाटमा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ । लुटपाटमा एउटा मात्र बुलेट प्रयोग भएको बताइएको छ ।
घटनामा संलग्नहरु विगतमा पनि सो क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण