बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

५ करोड ७५ लाखको लगानीमा धुर्मुस सुन्तलीले रौतहटमा एकीकृत नमुना बस्ती बनाउने

शुक्रबार, ३० भदौ २०७४, १५ : ३३
शुक्रबार, ३० भदौ २०७४

काठमाडौँ । तराईमा अविरल बर्षाका कारण बाढीपीडित बनेका तराईबासीहरुका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती निर्माण गर्ने अन्तिम तयारी गरिरहेको छ ।

राहत बितरण संगैं बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका धुर्मुस सुन्तलीले अन्तत तराईको रौतहटमा एकीकृत बस्ती निर्माण गर्ने पक्का भएको हो ।

बाढी पिडितहरुका लागि राहत बितरणमा सक्रिय भईरहँदा तराईको समस्यालाई नजिकबाट नियालेका धुर्मुस सुन्तलीले तराईमा रहेका बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा केही समय अघि मात्रै गरेका थिए ।

स्थालगत अध्ययन र अवलोकन पश्चात फाउण्डेशनले रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गर्ने घोषणा गरेको छ ।

सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्यामा मानिसहरु बसोवास गरिरहेका छन् ।

बस्तीमा माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ । बषौं देखी गरिवीको चेपेटामा परेका उनिहरुको अवस्था अविरल बर्षाका कारण पुरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक बन्न पुग्यो ।

फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरि १ शौचालय, धारा र बगैंचा समेत निर्माण गर्नेछ । बस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ ।

बस्ती भित्र ४५ वटा आवासिय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको आकर्षक र सुबिधासम्पन्न बस्ती निर्माण हुनेछ । फाउण्डेशनका ब्यवस्थापक अर्जुन न्यौपानेले बताएअनुसार बस्ती अनुमानित ५ करोड ७५ लाखमा निर्माण हुनेछ ।

फाउण्डेशनले बाढी पिडितहरुका लागि निर्माण गर्ने यस बस्तीका लागि सहयोग गर्न सम्पुर्णमा आग्रह समेत गरेको छ ।

कार्यक्रमका लागि क्यानडा पुगेका धुर्मुस सुन्तलीले पनि बस्ती निर्माणका लागि अघिल्ला परियोजनाहरुमा जस्तै यसपटक पनि नेपालीहरुले साथ र सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए ।

फाउण्डेशनले दिएको जानकारी अनुसार छिट्टै बस्ती शिल्यान्यास गरि निर्माण कार्य सुरु गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप