शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ पहाड भारतीय सेनाले कब्जा गरेको दाबी

शुक्रबार, २६ भदौ २०७७, ०० : ०५
शुक्रबार, २६ भदौ २०७७

एजेन्सी । भारतीय सेनाले लद्दाख क्षेत्रकै चीनतर्फ पेन्गान्स त्सो ताल वरिपरिका थुप्रै चुचुराहरु (पहाड) कब्जा गरेको दाबी गरेको छ । अगष्टको अन्तिमतिर भारतीय सेनाले दक्षिणी क्षेत्रबाट अप्रेसन सुरु गरी ती पहाड कब्जा गर्ने योजना बनाएको थियो । पेङगान्स तालदेखि उत्तरी क्षेत्रस्थित फिंगर ४ देखि फिंगर ८ सँगै कयौं पहाडी इलाकामा चिनियाँ सेनाको बाक्लो उपस्थिति रहेको छ ।

पहिले चीनको प्रभुत्व रहेको सो पहाडी इलाका अहिले भारतीय कब्जामा परेको भारतीय सेनाको दाबीलाई उदृत गर्दै दैनिक भास्करले लेखेको छ । यद्यपि, पैङ्गान्स ताल क्षेत्रको उत्तरी इलाकामा चीनले आफ्नो सेनाको तैनाथीलाई बढाउँदै लगेको छ । तालको दक्षिणी क्षेत्रमा भारतीय सैनिकसँग चिनियाँ सेना पराजित भएको र उत्तरी क्षेत्रमा आफ्नो सैनिक संख्या बढाइरहेको भारतीय सेनाले जनाएको छ ।

यो क्षेत्रमा नयाँ निर्माणको काम समेत भैरहेको र यातायातका साधानहरु समेत चलिरहेका छन् । तर भारतीय सैनिकहरु सोही क्षेत्रको नजिकै छन् र चिनियाँ सेनाका गतिविधिहरु नियालिरहेका छन् । यद्यपि, चिनियाँ सेना पनि महत्वपूर्ण क्षेत्रहरु कब्जा गर्ने कोशिसमा छन् । यसअघि अगष्ट २९–३० को राती चिनियाँ सेनाले पेङ्गान्स तालस्थित दक्षिणी इलाकामा रहेको पहाड कब्जा गर्न खोजेको थियो । तर त्यहाँ चिनियाँ सेनाको फोर्स पछि हटेको थियो । त्यसबेला दुबै पक्षका सेना आमन्ने सामन्ने भएका थिए ।

त्यसलगत्तै चिनियाँ सेनाले १ सेप्टेम्बरमा पनि घुसपैठ गर्न खोजेको आरोप भारतीय सेनाले लगाउँदै आएको छ । त्यस्तै ७ सेप्टेम्बरमा पनि चिनियाँ सेना भारतीय पोष्टतर्फ अघि बढेको थियो र चेतावनी स्वरुप फायरिङ गरेको थियो । पछिल्ला दिन सो क्षेत्रमा दुबै तर्फका सेना हाई अलर्टमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप