तस्विरमा हेर्नुहोस् क्यान इन्फोटेक मेला
काठमाडौं । फेडेरेसन अफ कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) को आयोजनामा बिहीबारदेखि राजधानीमा दोस्रो संस्करणको ‘सुबिसु क्यान कमटेक २०१७’ सुरु भएको छ ।
सञ्चार प्रवधिको वृहत् प्रदर्शनीको रुपमा आयोजना भइरहेको कमटेक प्रदर्शनीको विशेष समारोहकाबीच सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।
सुरु भएको उक्त बृहत् प्रदर्शनी सुबिसु क्यान कमटेकमा ६५ कम्पनीका कुल ७८ स्टल रहेका छन् । विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धी कम्पनीहरुले भाग लिएको आयोजकको भनाइ छ ।
क्यान कमटेकको टाइटल स्पोन्सरमा सुबिसु केबलनेट प्रालि रहेको जनाइएको छ ।
कमटेकमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी र सोलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्सका स्टलहरु राखिएको छन् ।
त्यस्तै पावर सोलुसन्स, मोबाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आइसिटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युट, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु समेत प्रदर्शनीमा देख्न सकिन्छ ।
आयोजकका अनुसार प्रदर्शनीमा सेक्युरिटी उत्पादनको छुट्टै पेभोलियन राखी अवलोकनकर्तालाई सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । उक्त प्याभेलियनमा अबलोकनकर्ताहरुले इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी र सोलुसन्सका उपकरणहरु सिसिटभी, एक्सेस कन्ट्रोल सिस्टम अवलोकन गर्न सक्ने छन् ।
कमटेकको अवसरमा सहभागी कम्पनीहरुले विभिन्न पछिल्लो नयाँ ब्राण्डका प्रोडक्टहरु राखेका छन् । साथै सेवा प्रदायक कम्पनीहरुले आफ्ना सेवामा विभिन्न क्यान अफर सार्वजनिक गरेका छन् ।
जस अनुसार सुबिसु केबल नेट प्रालले १२ सय रुपैयाँमा ७ एमबीको अनलिमिटेड फाइबर इन्टरनेट ल्याएको छ । साथै ६० एमबिपिएसको इन्टरनेट २ हजार १ सय, ३० एमबिपिएसको इन्टरनेट एक हजार ७ सय र १० एमबिपिएसको इन्टरनेट एक हजार ४ सय रुपैयाँमा उपलब्ध गराउने बताएको छ । नेपाल टेलिकमले ५० रुपैयाँमा रू। ५० नै ब्यालेन्स भएको जिएसएम प्रिपेड सिमकार्ड उपलब्ध गराउने भएको छ । नेटिसले पछिल्ला मोडलका राउटर र स्विचहरु विशेष छुटसहित प्रदर्शनीमा राखेको छ ।
त्यस्तै विभिन्न कम्पनीहरुले विभिन्न छुटमा आफ्ना पछिल्लो प्रोडक्टहरु प्रदर्शनीमा राखिएको आयोजकले जानकारी गराएको छ ।
उद्घाटनको अवसरमा सूचना तथा सन्चारमन्त्री बस्नेतले नेपालमा सुचना एवं सञ्चार प्रविधिको विकासमा क्यान महासंघको तर्फबाट भइरहेका प्रयासको प्रशंसा गरे । उनले सरकारले सूचना प्रविधिलाई प्राथमिकताको क्षेत्रमा राखेको भन्दै आइटीको प्रयोगलाई ग्रामीणतहसम्म लैजान कार्ययोजना ल्याउने प्रतिबद्धता जनाए ।
नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्रामीण दुरसञ्चार विकास कोषको रकम खर्चेर देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर योजना ल्याएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर : डलरको भाउ उस्तै, कसको मूल्य कति ?
-
एनपिएलमा को-को भिड्दै छन् आज ?
-
व्यापार व्यवसाय र वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
एसी मिलानलाई हराउँदै एटलान्टा शीर्षस्थानमा
-
सेल्टा भिगोले गर्यो हार सुधार, मलोर्कालाई रेड कार्डले डुबायो
-
इस्लामिक विद्रोहीहरु होम्स शहर छिर्नासाथ आफ्ना नागरिकलाई सिरिया छोड्न रुसको उर्दी