भोकले भौँतारिँदा ‘तातो भात’
विराटनगर – ‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र ? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिए। धन्य, यो गुन बिर्सन सकिन्न ।’
कोरोना कहरले बन्द सहरका रित्ता सडकमा भोकले भौँतारिएका बेला स्वादिष्ट भोजन पाएपछि विराटनगरका गणेश थापाले निकै हर्षित हुँदै यस्तै प्रतिक्रिया व्यक्त गरे ।
स्थानीय क्याटरिङमा ज्यालादारी गर्दै आएका थापा जस्तै भोकले छट्पटाएका दिलीप चौधरीले पनि भोक लागेको बेला भोजन पाउनु पनि भगवान् आए जस्तै भयो भने ।
बसपार्कमा भारी बोकेर त कहिले प्लास्टिक टिपेर पेट पाल्दै आएका चौधरी जस्तै सडकमा जीवन र रोजगारी खोज्नेलाई भोकमा राहत लिएर उपस्थित थिए, विराटनगरका केही जागरुक र उत्साही युवा ।
दैनिक ज्यालादारीबाट भएको आम्दानीले छाक टार्ने समुदाय कोरोना (कोभिड–१९) महामारीमा सबैभन्दा बढी पीडित बन्न पुगेका छन् । कोरोनाको कहर, बन्द सहर, रोजगार गुमेका मजदुर, दान लिएर ज्यान पाल्ने समुदाय यत्रतत्र भोकले सडकमा छट्पटाएको अवस्था देखेपछि विराटनगरका केही युवा सामाजिक सञ्जालमा जुटे, ‘निःशुल्क खाना खुवाउने टिम’ मार्फत ।
समूहका युवाले आफ्नै प्रयासमा खाना अभियान थालेका थिए । समूूहका संयोजक ओसिम आलमका अनुसार सुरुका दिनमा समूहका सदस्यले मिलेर दैनिक बिहान–बेलुका गरी करिब ४५० जनालाई निःशुल्क खाना खुवाउन थालिएको थियो । समूूहले सडकमा मात्र होइन टोलटोलमा पुगी भोका व्यक्तिको खोजी गरेको थियो । उद्देश्य थियो, ‘भोकै कोही नपरून्, भोकले कोही नमरून् ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा महेन्द्र विष्टले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण