आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा २ ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाइते

सोमबार, २९ भदौ २०७७, १५ : ४९
सोमबार, २९ भदौ २०७७

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख  २४२३ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नं को ट्रक आज बिहान इच्छाकामना गाउँपालिका–५ खहरे पुल नजिक एकापसमा ठाक्किएका थिए । ठक्करबाट घाइतेमध्ये ना ४ ख ८०११ नं का ट्रकका चालक साहको मृत्यु भएको हो ।

अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप