चितवनमा २ ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाइते
सोमबार, २९ भदौ २०७७, १५ : ४९
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नं को ट्रक आज बिहान इच्छाकामना गाउँपालिका–५ खहरे पुल नजिक एकापसमा ठाक्किएका थिए । ठक्करबाट घाइतेमध्ये ना ४ ख ८०११ नं का ट्रकका चालक साहको मृत्यु भएको हो ।
अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण