शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने

बुधबार, ३१ भदौ २०७७, १६ : ३२
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुक्रबार सचिवालय बैठक बोलाएको छ । गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।

शुक्रबारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतको भनाई छ । पार्टी एकतापछि पेरिसडाँडामा नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो । नेकपाको अधिकांश वैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप