चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा विप्लवका २ विद्यार्थी नेता पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले कास्कीको पोखरा महानगरपालिका–६ हल्लन चोकबाट जबरजस्ती चन्दा उठाउने विप्लव समूहका दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उदपयुर त्रियुगा नगरपालिका–७ मोतिडाँडा घर भई काठमाडौँ तार्केश्वर बस्ने २७ वर्षीय रविन केसी र रोल्पा गंगादेवी गाउँपालिका–२ घर भई काठमाडौँ गोगंबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेका छन् ।
उनीहरुलाई नगद एक लाख रुपैयाँ, ४ वटा मोबाइल फोन र चन्दा उठाउन प्रयोग गरिएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) केन्द्रीय समितिका नगद रसिदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
विप्लवको नाममा विभिन्न पसलदेखि व्यवसायीहरुलाई धम्काउँदै जबरजस्ती चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।
पक्राउ परेका केसी र डाँगी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका अखिल क्रान्तिकारी सदस्य रहेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण