नेपाल–चीन नाका ठप्प, नेपालका व्यापारीका धेरै सामग्री अलपत्र
काठमाडौँ – चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् । त्यसै कारण रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात ठप्पजस्तै छ । यसबाट नेपालका व्यापारीका धेरै सामग्री अलपत्र परेका छन् ।
२०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि विकल्पका रूपमा रसुवागढी नाका खोलिएको हो । भूकम्पलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ पनि आयात गर्न प्रयोग गरिएको यो नाका कोभिड–१९ का कारण गत माघदेखि नै ठप्प छ ।
पूर्वाधार निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द छ । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्किएका छन् ।
रसुवागढी नाका चीनले आफ्नो नयाँ वर्ष मनाउन गत माघमा एक साताका लागि बन्द गरेको थियो । त्यसबेलादेखि नै नेपाल–चीन भन्सार नाका केरुड–रसुवागढीबाट आयात ठप्प रहँदै आएको हो । नयाँ वर्षसँगै चीनको वुहानमा कोभिड–१९ महामारी पैmलन थालेपछि चीनले सबै नाका बन्द गरेको थियो ।
कोरोना महामारीकै बीच चीनले अन्य देशसँग व्यापार सहजीकरणमा ध्यान दिएर व्यापार विस्तार गरिरहेको छ तर नेपालसँगको समस्यामा भने खासै चासो नदिएको सम्बद्ध अधिकारीको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदी र चित्र मिजारले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण