चोभारमा भूत भगाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यूले डाम्ने पक्राउ
काठमाडौँ । भूत भागाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यू तताएर डाम्ने बाजुरा घर भई चोभार बस्ने २६ वर्षीय किशोर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाजुराका १२ वर्षीया बालिका प्रमिला शाहीलाई भूत लागेको भन्दै पन्युले डामेको आरोपमा किशोर शाहीलाई चोभारबाट महानगरीय प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो ।
असोज १ गते बालिका सामान्य बिरामी भएकी थिइन् । बिरामी भएपछि किशोरले भूत लागेको भन्दै पन्यूले डाम्नुपर्ने बताएपछि चारपटक सम्म पन्यूले डामेका थिए ।
पन्युले डामेपछि बालिकाको ४ प्रतिशत अनुहार जलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । कीर्तिपुर अस्पतालमा उपचारपछि पीडित बालिका डिस्चार्ज भएकी छिन् ।
किशोर शाही चोभारमा रंगरोगनको काम गर्दै आइरहेका थिए । पक्राउ परेका शाहिमाथि अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण