रोल्पाबाट ९ किलो अफिमसहित दुई महिला पक्राउ
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिम सहित दुईजना महिलालाई प्रहरीले पक्रेको छ पक्राउ पर्नेमा थवाङ–२ ठुलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योती रोका र ४५ वर्षीया मुली झाक्री छन् । इन्स्पेक्टर शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनिहरुलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको हो ।
बिना ज्योती र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागु औषध (अफिम) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । अफिम तस्करी गर्ने गिरोहले साईड भिर्ने लेडिज ब्याग बोकाएर ति महिलालाई भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने बताइएको छ ।
बिना ज्योती रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९३५ ग्राम र मुली झाक्रिले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८८५ ग्राम लागुऔषध बरामद गरिएको छ । अदालतबाट लागुऔषध मुद्धामा म्याद थपेर उनिहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण