जिउँदो ‘सुनगोहोरो’ बेच्न १५ लाखमा डिल, २ जना पक्राउ
काठमाडौं । दुर्लभ वन्यजन्तु ‘सुनगोहोरो’ बेच्न खोज्ने दुईजनालाई प्रहरीले काठमाडौंको मुलपानीबाट पक्रेको छ । महानगरीय प्रहरी वृत बौद्धले कागेश्वरी मनोहरा–६ मुलापनीबाट रामेछाप गोकुलगंगा घर भएका बिशाल तामाङ र सुभाष तामाङलाई पक्रेको हो ।
प्रहरी निरिक्षक कृष्ण श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उनीहरुको साथबाट एउटा जिउँदो सुन गोहोरो बरामद गरेको छ । सुनगोहोरो १५ लाखमा ‘विक्री डिल’ गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।

मुलपानी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा–६ का मोहन तामाङको कोठाबाट दुई कारोबारी पक्राउ परेका हुन् । दुर्लभ बन्यजन्तु सुनगोहोरो कारोबारमा संलग्न मोहन भने भागेका छन् । उनको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले बरामद गरेको सुनगोहोरो १ दशमल ५ इन्च लामो छ । सो बन्यजन्तुको प्रमाणिकरण र कानुनी कारवाहीका लागी प्रहरीले कारोबारीहरुलाई जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण