बारामा फरार प्रतिवादी महतो पक्राउ
बारा । बम बिस्फोट तथा संगठित अपराधका फरार अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । परवानीपुर गाउँपालिका वडा नं. १ घर भएका वर्ष ३६ का कपिलदेव महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । फरार भएका महतो केही दिनअघि नेपाल प्रवेश गरी पुनः सकृय रहेको र लुकिछिपी आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ परवानीपुर नजिकैबाट पक्राउ गरेको हो ।
यस्तो थियो घटना
२०७६ मंसिर २५ गते बाराको परवानीपुर गाँउपालिका वडा नं.४ मा रहेको एक उद्योगका सञ्चालकलाई सोही गाउँपालिका–४ बस्ने वर्ष ३१ का प्रमोद साह गोढको समूहले २–३ महिना अघिदेखि पटक–पटक फोन गरेर १५ लाख (पन्ध्र लाख) फिरौती रकम माग गरेको थियो । उद्योगका सञ्चालक ३ लाख दिन तयार भए ।
गोढको समूहले फोन गरी फिरौती रकम ३ लाख लिएर परवानीपुर गाउँपालिका–४ स्थित चैनपुर भन्ने स्थानमा आउन भनी बोलायो । यता उनीहरु सोही स्थानमा आउँदैछन् भन्ने उजुरी प्रहरीकोमा पुग्यो । सो उजुरी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली पुगेर फिरौती रकम लिन जाने ४ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा परवानिपुर गाँउपालिका वडा नं.४ बस्ने वर्ष ३१ को प्रमोद साह गोढ, वर्ष २० का देवशंकर राम, जीतपुर सिमरा २० का २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका वडा नं.३ बस्ने वर्ष ३९ का दिपेन्द्रकुमार धानुक थिए । उनीहरुलाई जिल्ला अदालत बाराको २०७६ माघ २७ गतेको आदेशले पुर्पक्षको लागि वीरगंज कारागार चलान गरेको थियो । उनीहरु बम विष्फोट लगायतका घटनामा समेत संलग्न रहेको प्रहरीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण