ललितपुरको जंगलमा महिलाको हत्या आरोपी ५ वर्षपछि पक्राउ
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेको जंगलमा ०७२ वैशाखमा आरती परियारको हत्या भयो ।
वैशाख–१२ को महाभूकम्पको त्रासको बीचमा चापागाउँ बस्ने २६ वर्षीया परियारलाई दुईजना युवाले घाँटी रेटेर मारेका थिए ।
इटहरी नगरपालिका–४ घर भएकी आरतीको हत्यामा संलग्न आरोपी ५ बर्षपछि पक्राउ परेका छन् । हत्यापछि फरार भएका सिराहा विष्णुपुरका रविकुमार यादवलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
यादवलाई लगातारको निगरानीपछि मैतिदेवीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक )एसएसपी) दिपक थापाले रातोपाटीलाई बताए ।
रवि र अर्का एकजना युवाले गोदावरीस्थित फैडेल सामुदायिक बनमा लगेर आरतीको हत्या गरेका थिए । हत्यामा संलग्न अर्का एकजना अझै फरार छन् । उनको खोजी भइरहेको एसएसपी थापाले बताए ।
०७२ वैशाख १५ मा आरतीको हत्यापछि रवि कुमार लामो समय भारतको बैंङ्गलोरमा गएर बसेका थिए । उनी नेपाल फर्केको सुराक पाएपछि प्रहरीले उनलाई पिछा गरेको थियो ।
बिहिबार पक्राउ गरिएका हत्या आरोपीलाई आवश्यक कारवाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत चापागाउँमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण