नक्कली पैसा दिई १७ मिनेटमा गहना किनेर फरार भएका २ जना पक्राउ
काठमाडौं । ललितपुरको ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरीमा नक्कली नोट दिएर सुन खरिद गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २१ टेकु घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने इक्युज तुलाधर र काठमाडौं महानगरपालिका २७ ज्याठा बस्ने २७ वर्षीय अजय महर्जन रहेका छन् । उनीहरु दुवै जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा ललितपुरले सार्वजनिक गरेको छ ।
उनीहरु दुवै जनामाथि ललितपुर जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसुरमा असोज ८ गतेदेखि लागू हुने ७ दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रिन्ट मेसिन एक थान, सिपियु १ थान, ल्यापटप १ थान, रु १ हजार दरका ४६५ थान नक्कली नोट, ३७ थान सक्कली नोट ३७ थान, सुनको रानीहार १ थान, तिलहरी १ थान, औंठी १ थान र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
असोज १ गते उक्त ज्वलेर्सबाट प्रहरीले ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । सुन पसलका सञ्चालक डम्बरबहादुर रिजालकाअनुसार सुन किन्न आएका उनीहरुले ५ लाख रुपैयाँ दिएर तिलहरी, नेक्लेस, औंठीलगायत गहना खरिद गरेका छन् । उनीहरुले १–१ लाखको पाँचवटा बण्डल दिएका थिए ।
पैसाको बण्डलको अगाडि र पछाडि सक्क्ली नोट भएपनि बीचमा नक्कली नोट राखिएको पाइएको थियो । उनीहरु १७ मिनेटमा काम सकेर पसलबाट बाहिरिका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण